शुभ कामना २०७३
मनोज थापा
देशप्रेम अटुटबनोस मातृभूमि नेपालको
नयाँवर्ष शुभ रहोस कामना कोशेलीको
म कसरी अर्थ्याऊँ आज जीवन कोशेली
म कसरी टक्राऊँ ताज सम्मान कोशेली
हाम्रो बुझाई,हाम्रो सोँचाई,हाम्रै धरोहर
गीत सँगीतमा कोशेली पस्कने यो रहर
ससाना नानीहरु हुर्कदैछन हाम्रै काखमा
सुसँस्कार सिकाउनुछ सँगीतको भाकामा
नबिर्सौ है ईतिहास देश हो वीर गाथाको
हामी जहाँ रहेपनि ढुकढुकी सगरमाथाको